काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार दिउँसो मेघगर्जनसहित वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो ३ः१५ बजेसम्म काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा वर्षा भइरहेको छ।
काठमाडौंका बागबजार, त्रिपुरेश्वरलगायत क्षेत्रमा मेघगर्जनसहित असिनापानी परेको छ। थप वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौंसहित कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।