बाँके । बाँकेमा आइतबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको तीव्र गतिको एम्बुलेन्सले सडक पार गर्दै गरेका चार जनालाई ठक्कर दिएको हो। दुर्घटना गुलरिया–७ स्थित वन डिभिजन कार्यालय नजिक भएको बताइएको छ।
दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र उनका ५ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको छ। लामिछाने स्थानीय रूपमा योग गुरुका रूपमा परिचित रहेको प्रहरीले जनाएको छ।
घटनामा सीता लामिछाने र सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको उपचार नेपालगञ्ज शिक्षण अस्पतालमा भइरहेको छ।
प्रारम्भिक जानकारीअनुसार बिहान योग गर्न आयुर्वेद अस्पताल जाने क्रममा सडक पार गरिरहेका बेला एम्बुलेन्सले एकैसाथ ठक्कर दिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।