काठमाडौं । केही दिनको उतारचढावपछि नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको छ।
यसअघि गएको शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको थियो। त्यसअघि भने बिहीबार र शुक्रबार गरी सुनको मूल्य कुल ६ हजार १ सय रुपैयाँले बढेको थियो।
चाँदीको मूल्य पनि आज उकालो लागेको छ। चाँदी तोलामा ९५ रुपैयाँले बढेर ५ हजार २ सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार भने चाँदीको भाउ १ सय २० रुपैयाँले घटेर ५ हजार १ सय ३० रुपैयाँमा झरेको थियो।
हाल अन्तर्राष्ट्रिय बजारको प्रभाव र मुद्रा विनिमयदरका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेको देखिन्छ।