रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने, महाधिवेशन तयारी तीव्र

२१ घण्टा अगाडि
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने, महाधिवेशन तयारी तीव्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार केन्द्रीय कार्यालय घण्टीघरमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। यसअघि संगठन विभागले अधिवेशनको कार्यतालिका तयार गरिसकेको थियो।

 

सोहीअनुसार पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने तय भएको छ। प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरिएको जानकारी दिएका छन्। बैठकमा पार्टीका गतिविधिबारे ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ तथा महाधिवेशन कार्यविधिको मस्यौदामाथि छलफल हुने छ।

 

यस्तै विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन, प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदानको व्यवस्था गर्ने विषयसमेत छलफलमा छन्। पार्टीले विभिन्न आयोग तथा विभागबाट प्राप्त सुझाव, योजना र नीति निर्माण प्रक्रियाबारे निर्देशन दिने तयारी गरेको छ।