कांग्रेस संसदीय दलको नेता चयन : वैशाख ८ मा निर्वाचन

२१ घण्टा अगाडि
कांग्रेस संसदीय दलको नेता चयन : वैशाख ८ मा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते निर्वाचन गर्ने भएको छ। सिंहदरबारस्थित दलको कार्यालयले सांसदहरूलाई एसएमएसमार्फत सूचना पठाउँदै उपत्यकाबाहिर रहेकालाई सोमबारभित्र काठमाडौं आइपुग्न निर्देशन दिएको छ।

 

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्। नयाँ दल नेता चयनसँगै संसदीय रणनीति र पार्टीभित्रको शक्ति सन्तुलनमा प्रभाव पर्ने आकलन गरिएको छ।