काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर तापक्रम बढ्दो क्रममा छ। कैलालीमा ४० डिग्री र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
काठमाडौँ उपत्यकामा पनि तापक्रम २९ डिग्री पुगेको छ। बिहान ११ देखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।