प्रतिनिधिसभा नियमावली अन्तिम चरणमा, सहमति जुटाउने प्रयास जारी

२० घण्टा अगाडि
प्रतिनिधिसभा नियमावली अन्तिम चरणमा, सहमति जुटाउने प्रयास जारी

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। समितिका सभापति गणेश पराजुलीका अनुसार अधिकांश विषयमा सहमति जुटिसकेको छ भने केही संवेदनशील विषय, विशेषगरी महाभियोगसम्बन्धी प्रावधानमा अझै छलफल भइरहेको छ।

समितिलाई दिइएको समयसीमा सकिन लागेकाले सोमबारभित्र मस्यौदालाई अन्तिम रूप दिने तयारी गरिएको छ।