काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट हटाउन माग गरेको छ।
प्रवक्ता विजय शाहले जारी गरेको वक्तव्यमा मन्त्री पदमै रहँदा छानबिन प्रभावित हुने भन्दै तत्काल पदत्याग आवश्यक रहेको उल्लेख गरिएको छ।
व्यवसायी दीपक भट्टसँगको सम्बन्ध सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका हुन्। मुभमेन्टले सुशासनमा सम्झौता नगर्न सरकारलाई चेतावनी दिएको छ।