अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा, उच्चस्तरीय भेटघाट हुँदै

२ घण्टा अगाडि
अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा, उच्चस्तरीय भेटघाट हुँदै

काठमाडौं । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्।

तीन दिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री, मन्त्रीहरू र उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नयाँ सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी भएकाले यो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।