काठमाडौं । आज र भोलि देशभर तापक्रम अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ।
महाशाखाले अत्यधिक गर्मीबाट बच्न पानी धेरै पिउन, हल्का कपडा लगाउन र दिउँसो बाहिर ननिस्कन सुझाव दिएको छ।