काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति बैठक बोलाएको छ। दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, महाधिवेशन तयारी र नीतिगत सुधार मुख्य एजेन्डा रहनेछन्।
प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, पदाधिकारी मनोनयन, विधान संशोधन र ‘उम्मेदवार क्लब’ गठनजस्ता विषयमा छलफल हुने जानकारी दिए।
यसका साथै प्रवासी नेपालीको मताधिकार, सचिवालयका निर्णय अनुमोदन र संगठन विस्तार रणनीतिमा पनि बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।