काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुनेछन्।
छलफलमा उच्च शिक्षामा देखिएका समस्या, गुणस्तर सुधार, प्रशासनिक ढिलासुस्ती, अनुसन्धानको अवस्था तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जुध्ने रणनीतिबारे व्यापक छलफल हुने जनाइएको छ।
सरकारले विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी, प्रविधिमैत्री र रोजगारमुखी बनाउने लक्ष्य राखेको सन्दर्भमा यो बैठकलाई महत्वपूर्ण मानिएको छ।