काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको एनओसी प्रणाली पूर्ण रूपमा अनलाइनमा जाने भएको छ। त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग एपीआई जडान भएपछि विद्यार्थीले घरमै बसेर आवेदन दिन सक्ने भएका छन्।
यसअघि नागरिकता, शैक्षिक प्रमाणपत्र जाँचलगायतका लागि विभिन्न निकाय धाउनुपर्ने बाध्यता थियो। अब डिजिटल प्रणालीमार्फत सबै प्रक्रिया सरल र छिटो हुने अपेक्षा गरिएको छ।