लिङ्देनको दबाब : ‘गृहमन्त्रीबारे सरकार र पार्टीले स्पष्ट धारणा ल्याउनुपर्छ’

एक घण्टा अगाडि
लिङ्देनको दबाब : ‘गृहमन्त्रीबारे सरकार र पार्टीले स्पष्ट धारणा ल्याउनुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे सरकार र सम्बन्धित पार्टीले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सांसदहरूसँगको कार्यक्रममा उनले सुशासनको कुरा गर्ने सरकारका मन्त्री नै विवादमा परेको भन्दै पारदर्शिता आवश्यक भएको बताए। उनले रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरे।

लिङ्देनले सरकारी सेवा सुधारका दाबीमाथि पनि प्रश्न उठाउँदै लाइसेन्स वितरणमा अझै समस्या रहेको बताए। “घोषणा मात्रै होइन, व्यवहारमा सुधार देखिनुपर्छ,” उनले भने।