काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विवादमा निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै छानबिन प्रक्रिया स्वतन्त्र बनाउन आग्रह गरिएको छ।
कांग्रेसले सुशासन र पारदर्शिताको सवालमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै ढिलासुस्ती वा ढाकछोपले जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।
व्यवसायी दीपक भट्टसँगको सम्भावित साझेदारी सार्वजनिक भएपछि गृहमन्त्रीमाथि छानबिनको माग तीव्र बन्दै गएको छ। अब यो विषयमा सरकार र सत्तारूढ दलको निर्णय के हुन्छ भन्ने चासो बढेको छ।