ओलीले आज स्थापना दिवसमा सम्बोधन गर्ने, सक्रिय राजनीतिमा फर्किएको संकेत

एक महिना अगाडि
ओलीले आज स्थापना दिवसमा सम्बोधन गर्ने, सक्रिय राजनीतिमा फर्किएको संकेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा उनले समसामयिक राजनीति तथा पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्ने कार्यक्रम रहेको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार कार्यक्रममा शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

ओली हालै पित्तथैलीको शल्यक्रियापछि स्वास्थ्य लाभ गरेर सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन्।

उनको आजको सम्बोधनलाई सक्रिय राजनीतिमा पुनः फर्किएको संकेतका रूपमा पनि हेरिएको छ।