प्रचण्डद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको आह्वान

एक महिना अगाडि
प्रचण्डद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको आह्वान

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन्।

७७औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विगतका उपलब्धि जोगाउँदै श्रमजीवी वर्गको हितमा आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताएका हुन्।

उनले वैचारिक स्पष्टता, एकता र नयाँ दृष्टिकोणसहित आन्दोलनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न समान धारणा भएका शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिले नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ।