कांग्रेसमा संसदीय दल नेता चयन प्रक्रिया तीव्र

एक महिना अगाडि
कांग्रेसमा संसदीय दल नेता चयन प्रक्रिया तीव्र

काठमाडौँ । नेपाली कांग्रेस भित्र संसदीय दल नेता चयनका लागि चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ।

संसदीय दलसम्बन्धी नयाँ विधान सांसदहरूको छलफलबाट पारित भई अनुमोदनका लागि पार्टीमा पठाइएपछि नेतृत्व चयनको बाटो खुलेको हो। निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, नामावली प्रकाशन र मतदानको प्रक्रिया अघि बढाइएको छ।

दल नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य प्रमुख दाबेदारका रूपमा देखिएका छन्। पार्टीभित्र प्रत्यक्ष निर्वाचित सांसदलाई नेतृत्वमा ल्याउनुपर्ने, पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने र संगठन सुदृढीकरणमा जोड दिनुपर्ने बहस चलिरहेको छ।

यस निर्वाचनले आगामी संसदीय रणनीति र पार्टीको राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।