भक्तपुर । यातायात व्यवस्था कार्यालय, राधेराधेले छ महिनाभित्र १ लाख ७६ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र वितरण गर्ने लक्ष्य लिएको छ।
कार्यालयले हाल पुराना वर्षका लाइसेन्स वितरण सुरु गरिसकेको छ र केही दिनमै हजारौँ सेवाग्राहीले लाइसेन्स पाइसकेका छन्।
दैनिक वितरण क्षमताका कारण लक्ष्य पूरा गर्न समय लाग्ने भए पनि प्रक्रिया तीव्र बनाइएको कार्यालयले जनाएको छ।