काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन्। वैशाख १५ गते धुम्बाराहीस्थित एक होटलमा आयोजना हुने भेलामा केन्द्रीय सदस्यदेखि जिल्ला र क्षेत्रीय नेतृत्वसम्मलाई आमन्त्रण गरिएको छ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि खड्काको सक्रियता बढेको देखिएको छ।
पार्टीभित्रको शक्ति सन्तुलन र आगामी रणनीति तय गर्ने उद्देश्यले आयोजना गरिएको यो भेला महत्त्वपूर्ण हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।