सिन्धुली । हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएपछि प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।
प्रारम्भिक विवरणअनुसार उनले शौचालयमा कपडाको सहायताले आत्महत्याको प्रयास गरेका थिए। अस्पताल पुर्याए पनि उनको ज्यान जोगाउन सकिएन।
घटनाले प्रहरी हिरासतको सुरक्षा प्रणाली र निगरानी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।