कांग्रेस संसदीय दल नेता चयन फेरि अनिश्चित, आन्तरिक विवाद कायम

एक महिना अगाडि
कांग्रेस संसदीय दल नेता चयन फेरि अनिश्चित, आन्तरिक विवाद कायम

काठमाडौँ । नेपाली कांग्रेस भित्र संसदीय दल नेता चयन प्रक्रिया पुनः अनिश्चित बनेको छ।

निर्वाचन तालिका सार्वजनिक भइसकेपछि अन्तिम समयमा प्रक्रिया स्थगित गरिएको हो। निर्वाचन समिति सदस्य मुना भुसालले प्रक्रिया रोकिने पुष्टि गरेकी छन्।

पार्टीभित्र गगन थापा र विश्वप्रकाश शर्मा सहित नेतृत्व तहमा मतभेद कायम रहेको बताइएको छ।

यसले पार्टीभित्र सहमति अभाव अझै समाधान नभएको संकेत गरेको छ।