कांग्रेस संसदीय दलको नेतृत्वमा आङदेम्बे, सहमतिबाट निर्विरोध चयन

एक महिना अगाडि
कांग्रेस संसदीय दलको नेतृत्वमा आङदेम्बे, सहमतिबाट निर्विरोध चयन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे चयन भएका छन्। सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उनलाई निर्विरोध रूपमा नेता चयन गरेको हो।

निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सहमतिकै आधारमा आङदेम्बे निर्विरोध चयन भएका हुन्।

यसअघि सानेपा पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति गगन थापाको प्रस्तावमा आङदेम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो।

नेतृत्वका लागि तीन जनाको दाबी परेपछि सहमति जुटाउन उपसभापति विश्वप्रकाश शर्मा को संयोजकत्वमा समिति गठन गरिएको थियो। उक्त समितिले गरेको सहमतिअनुसार अन्ततः आङदेम्बेलाई सर्वसम्मत रूपमा नेतृत्व सुम्पिएको हो।

सहमतिको माध्यमबाट टुंगिएको यो चयनलाई पार्टीभित्रको आन्तरिक एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।