कांग्रेसभित्र एकताका लागि खड्काका चार सर्त

एक महिना अगाडि
कांग्रेसभित्र एकताका लागि खड्काका चार सर्त

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र एकताका लागि चारबुँदे सर्त अघि सारेका छन्। आफूपक्षीय नेताहरूको भेलामा उनले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

उनका सर्तअनुसार १४औँ महाधिवेशन र विशेष महाधिवेशन समितिलाई मर्ज गर्नुपर्ने, त्यसैबाट सहमतिमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, पार्टीको निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति पनि सहमतिमा गठन गर्नुपर्ने प्रस्ताव राखिएको छ। खड्काले यी प्रस्तावमा अन्य नेताहरूको सुझाव माग्दै संस्थापनबाट अहिलेसम्म एकताको औपचारिक प्रस्ताव नआएको बताएका छन्।