काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारी नियुक्ति स्वभावतः राजनीतिक प्रक्रिया भएको बताएका छन्। रामचन्द्र पौडेलद्वारा जारी अध्यादेशपछि अघिल्लो सरकारका नियुक्तिहरू खारेज हुने सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन्।
उनले अघिल्ला नियुक्तिलाई दलीय भनेर अस्वीकार गर्ने र नयाँलाई सुधारको नाम दिने प्रवृत्ति उपयुक्त नभएको बताए। चालिसेका अनुसार दलहरूभित्र विभिन्न विचार र पृष्ठभूमिका व्यक्ति हुने भएकाले केवल राजनीतिक आधारमा योग्यतालाई अस्वीकार गर्नु उचित हुँदैन।