काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ।
अब उम्मेदवार बन्न चाहनेले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्नेछ। प्रवक्ता मनिष झाका अनुसार यसले योग्य, सक्षम र प्रतिस्पर्धात्मक नेतृत्व छनोटमा मद्दत गर्नेछ।
यसका लागि ‘क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको छ, जसको संयोजक विपिनकुमार आचार्य र सचिव रामकुमार ढुंगाना रहेका छन्।