रास्वपाको उम्मेदवार छनोट मापदण्ड सार्वजनिक

एक महिना अगाडि
रास्वपाको उम्मेदवार छनोट मापदण्ड सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटका मापदण्ड सार्वजनिक गरेको छ। पार्टीले निष्ठा, नैतिकता, पारदर्शिता, सार्वजनिक आचरण र कानुनी विश्वसनीयतालाई मुख्य आधार बनाउने जनाएको छ।

स्थानीय स्तरमा सक्रिय, जनतासँग प्रत्यक्ष जोडिएका र सामाजिक रूपमा स्वीकार्य व्यक्तिलाई प्राथमिकता दिइनेछ। साथै महिला, दलित, जनजाति, मधेशी, मुस्लिम तथा युवालाई समान अवसर दिने नीति लिइएको छ। 

उम्मेदवार बन्न इच्छुकले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिनुपर्ने र आफ्नो पृष्ठभूमि खुला रूपमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।