रास्वपाको पूर्वबजेट छलफल जारी, मन्त्रीहरूसँग सुझाव संकलन

४ हप्ता अगाडि
रास्वपाको पूर्वबजेट छलफल जारी, मन्त्रीहरूसँग सुझाव संकलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आर्थिक वर्षको बजेटका लागि पूर्वबजेट छलफललाई निरन्तरता दिएको छ। पार्टीको संसदीय दलको कार्यालयमा आज पर्यटनमन्त्री खडकराज पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासँग सांसदहरूले छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

पार्टीका प्रवक्ता मनिष झाले बजेट निर्माण प्रक्रियामा प्रभावकारी सुझाव दिन विभिन्न मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए। यसअघि अर्थमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग पनि पूर्वबजेट छलफल सम्पन्न भइसकेको छ।

रास्वपाले शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार र रोजगारीलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने धारणा अघि सारेको जनाएको छ।