श्रम संस्कृति पार्टीमा प्रवेश गरे पूर्वमन्त्री सुदन किराँती

३ हप्ता अगाडि
श्रम संस्कृति पार्टीमा प्रवेश गरे पूर्वमन्त्री सुदन किराँती

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

सहमति अनुसार किराँती पार्टीको वरिष्ठ नेतासहित दोस्रो वरीयताको उपाध्यक्ष बन्नेछन्। किराँती पक्षले एक सचिव र १५ केन्द्रीय सदस्यसमेत पाउने सहमति भएको बताइएको छ।

कार्यक्रममा बोल्दै किराँतीले पुराना राजनीतिक दलहरूले जटिल भाषाशैली र नारामार्फत जनतालाई भ्रमित बनाएको आरोप लगाए। उनले देशप्रेमी र निस्वार्थ व्यक्तिहरूलाई श्रम संस्कृति पार्टीमा खुला रूपमा सहभागी हुन आग्रह गरे।