प्रथम महाधिवेशनको तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक बस्ने

३ हप्ता अगाडि
प्रथम महाधिवेशनको तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेको निर्देशनअनुसार वैशाख ३० गते बैठक आयोजना गर्न लागिएको हो।

बैठक बुधबार बिहान ९ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ। बैठकमा महाधिवेशनको तयारी, संगठनात्मक गतिविधि तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकका लागि मुख्य रूपमा दुई एजेन्डा तय गरिएको छ। पहिलो एजेन्डा पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित रहेको छ भने दोस्रो एजेन्डा विविध विषय समेटिएको छ।