काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी सभापति रवि लामिछानेले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् ।
बिहान ९ बजे बस्ने बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा मुख्य रूपमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले आगामी भदौ वा असोज महिनाभित्र पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ । बैठकमा महाधिवेशनको मिति, कार्यतालिका, तयारी र संगठन विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ ।