रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा हुने

३ हप्ता अगाडि
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असार ७, ८ र ९ गते पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाले महाधिवेशन चितवनमा आयोजना गर्ने निर्णय भएको जानकारी दिए।

बैठकमा महाधिवेशनको तयारी, संगठन विस्तारलगायत विविध एजेन्डामाथि छलफल भएको बताइएको छ। यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।