काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न समूहसँग भएको एकीकरण प्रक्रियालाई व्यवस्थित गर्न समिति बनाउने निर्णय गरेको हो। समितिमा विष्णु पुरुष श्रेष्ठ र रामकृष्ण भट्टराईलगायत सदस्य रहेका छन्। सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार समितिलाई जेठ १० गतेभित्र समायोजनसम्बन्धी मस्यौदा पेश गर्न निर्देशन दिइएको छ।
रास्वपाले फागुनअघि विवेकशील साझा, थरुहट/थारुवान, बालेन शाह समूह र विभिन्न जेनजी समूहसँग एकता गरेको थियो। पार्टीले महाधिवेशनअघि संगठनात्मक संरचना व्यवस्थित गर्ने तयारी थालेको जनाएको छ।