१५औँ महाधिवेशन प्रतिष्पर्धाको महाधिवेशन हुनुपर्छ: सभापति दुर्लभ थापा

३ हप्ता अगाडि
१५औँ महाधिवेशन प्रतिष्पर्धाको महाधिवेशन हुनुपर्छ: सभापति दुर्लभ थापा

काठमाडौं । नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले जनता र कार्यकर्ताले नपत्याएको नेतृत्वले निश्पक्ष महाधिवेशन गर्न नसक्ने बताएका छन् । उनले निर्वाचनमा हारेका र १४औँ महाधिवेशनमा जित्न नसकेकाहरुले पार्टी नेतृत्व गरेको पनि बताए ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सर्वस्वीकार्य बनाउन आग्रह गरेका छन् । उनले प्रतिष्पर्धाको महाधिवेशन हुनुपर्ने पनि बताएका छन्।

भेलाले साझा सहमतिको संयन्त्र गठन गर्न माग गरेको छ। काठमाडौंमा बुधबार सम्पन्न भेलाले मनोमानी ढंगले विधान संशोधन गर्न नहुने स्पष्ट अडान लिएको छ । समूहले विभिन्न विचार समूहसँग परामर्श नगरी गरिएको केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको वातावरण बिगारेको आरोप लगाएको छ। भेलालाई निरन्तरता दिने पनि बताइएको छ।