एमाले सचिवालय बैठक शनिबार बस्ने

३ हप्ता अगाडि
एमाले सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने भएको छ । पार्टी सचिव भानुभक्त ढकालका अनुसार अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बैठकको स्थान भने अझै तय गरिएको छैन ।

चुनावपछि ओली पहिलो पटक सचिवालय बैठकमा सहभागी हुन लागेका हुन् । पछिल्लो समय एमालेभित्र शक्ति संघर्ष चुलिएको चर्चा भइरहेका बेला बैठकमा संगठनात्मक विषय, पार्टी रणनीति र निर्वाचन समीक्षाबारे छलफल हुने अपेक्षा गरिएको छ ।