कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक २१ दिनभित्र सक्ने निर्णय

२ हप्ता अगाडि
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक २१ दिनभित्र सक्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य आगामी २१ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिको बैठकले जेठ २१ गतेभित्र सबै प्रक्रिया सक्ने लक्ष्य तय गरेको हो।

बैठकले सदस्यता वितरण, नवीकरण तथा अभिलेखीकरणलाई पूर्ण रूपमा व्यवस्थित बनाउन विभिन्न विद्युतीय माध्यम प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले प्रत्येक सदस्यलाई आफ्नै मोबाइलबाट विवरण अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

यसका लागि सदस्यता आवेदन प्रणाली सञ्चालनमा ल्याइएको छ भने समस्या परे सहायता केन्द्रमार्फत सहयोग उपलब्ध गराइने बताइएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि पनि समान सुविधा उपलब्ध गराइएको छ।

पार्टीले समयभित्र सदस्यता अद्यावधिक नगर्ने व्यक्तिले आगामी १५ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ। कांग्रेसले असोज महिनामा महाधिवेशन गर्ने तयारी गरिरहेको छ।