काठमाडौं । नेपाली कांग्रेसमा १९ जना केन्द्रीय सदस्य मनोनयन गरिएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । सभापति गगन थापाले वैशाख २८ गते देउवा समूहका १२ र शेखर कोइराला समूहका ७ जनालाई मनोनीत गरेका थिए ।
तर दुवै पक्षले पर्याप्त परामर्शबिना निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेता शेखर कोइरालाले यसले पार्टी एकताको प्रक्रियामा असर पुगेको बताएका छन् ।
सभापति थापाले भने १४ औँ महाधिवेशनबाट निर्वाचित सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अवसर वितरणमा कुनै विभेद नगर्ने र महाधिवेशन तयारी समितिमा पनि निष्पक्षता कायम राख्ने उनको भनाइ छ ।
पार्टीभित्र नेतृत्व व्यवस्थापन र शक्ति सन्तुलनको विषयलाई लिएर असन्तुष्टि बढ्दै गएको विश्लेषण गरिएको छ ।