कांग्रेस प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

२ हप्ता अगाडि
कांग्रेस प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत र अभियानमुखी कार्यलाई प्रभावकारी बनाउन १२ वटा उपसमिति गठन गरेको छ ।

प्रतिष्ठानको बैठकले विभिन्न क्षेत्रका लागि संयोजक तोक्दै उपसमितिहरू गठन गरेको हो । सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिइएको छ ।

उपप्रमुख मधु आचार्यको संयोजकत्वमा आन्तरिक आचारसंहिता निर्माणका लागि पाँच सदस्यीय समिति पनि गठन गरिएको छ ।

भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजक डा. गोपाल दहितलाई बनाइएको छ । विपद् व्यवस्थापन उपसमितिको संयोजक मानबहादुर थापा रहेका छन् ।

मानसिक स्वास्थ्य सचेतना अभियानको जिम्मेवारी मोहना अन्सारीलाई दिइएको छ भने सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिको संयोजक ई. दिपेश विष्ट बनेका छन् ।

निर्वाचन प्रणाली सुधार उपसमितिको संयोजक जनक चटौत तथा पूर्वाधार विकास उपसमितिको संयोजक ई. अमृत ज्ञवालीलाई बनाइएको छ ।

यस्तै उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार उपसमितिको नेतृत्व खगेन्द्र आचार्यले गर्नेछन् । शिक्षा नीति उपसमितिको संयोजक डा. कृष्णप्रसाद पौडेल रहेका छन् ।

वीपी ज्ञान केन्द्र उपसमितिको संयोजक प्रकाश लामिछाने, जातीय विभेदविरुद्ध सचेतना अभियानको संयोजक एलिजा ढकाल तथा डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिको संयोजक प्रकृति भट्टराईलाई बनाइएको छ ।