पुरानो सदस्यतालाई १५औँ महाधिवेशनमा मान्यता नदिने कांग्रेसको निर्णय

१ हप्ता अगाडि
पुरानो सदस्यतालाई १५औँ महाधिवेशनमा मान्यता नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पुरानो सदस्यतालाई १५औँ महाधिवेशनमा मान्यता नदिने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पुराना सदस्यतालाई नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गरिएको छ।

विज्ञप्तिमा १४औँ महाधिवेशनका क्रममा प्रदान गरिएका र क्रियाशील सदस्यता छानबिन समितिबाट आधिकारिकता दिइएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गरिने उल्लेख छ।

त्यस्तै, अन्य दलबाट कांग्रेसमा आएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ।

बारामा डा. गोपाल दहित, सिरहामा आङ्गेलु शेर्पा, धनुषामा अब्दुल सत्तार, सप्तरीमा राजीव ढुंगाना र सोलुखुम्बुमा कुसुम थापालाई जिम्मेवारी दिइएको छ।

सर्लाहीमा देवप्रसाद तिमिल्सिना, सुर्खेतमा तिलक रानाभाट, महोत्तरीमा प्रमोदहरि गुरागाईं, कपिलवस्तुमा टेकराज पौडेल, सुनसरीमा जगदीशनरसिंह केसी, रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल र काठमाडौंमा ईश्वर अधिकारीलाई खटाइएको छ।

कांग्रेसले अधिवेशन सम्पन्न भइसकेका सात देशका जनसम्पर्क समितिको क्रियाशील सदस्यता अद्यावधिक गर्न अनुमति दिने निर्णय पनि गरेको छ