काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशनबाट रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ।
पार्टीभित्र उनको विकल्पमा प्रभावशाली उम्मेदवार नदेखिएकाले उनी सर्वसम्मत रूपमा चयन हुने सम्भावना बलियो रहेको नेताहरूले बताएका छन्।
असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनमा नयाँ संगठन संरचना, विधान संशोधन, पदाधिकारी चयन तथा पार्टी विस्तारका विषयमा छलफल हुने तयारी छ।
अहिले देशभर वडा र पालिका तहका अधिवेशन चलिरहेका छन्। पार्टीले महाधिवेशनमार्फत संगठनलाई थप मजबुत बनाउने रणनीति बनाएको छ।