कांग्रेसभित्रको विवाद झन् गहिरियो

१ हप्ता अगाडि
कांग्रेसभित्रको विवाद झन् गहिरियो

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद थप चर्किएको छ। शेरबहादुर देउवा पक्षले सभापति गगन थापामाथि दबाब बढाउन महासमिति बैठक बोलाउने तयारी थालेको स्रोतले जनाएको छ।

गण्डकी प्रदेशसहित विभिन्न प्रदेश भेलामा नेतृत्व विवाद, संगठन विस्तार र आगामी रणनीतिबारे तीव्र छलफल भइरहेको छ। नेताहरूका अनुसार १५ जेठसम्म विवाद समाधान नभए महासमिति बैठकमार्फत नयाँ निर्णय लिइनेछ।

सर्वोच्च अदालतले पार्टी आधिकारिकतासम्बन्धी रिट खारेज गरे पनि कांग्रेसभित्रको शक्ति संघर्ष भने अझै साम्य हुन सकेको छैन।