राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका लागि १८ उपसमिति गठन गर्‍यो

३ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका लागि १८ उपसमिति गठन गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन १८ वटा उपसमिति गठन गरेको छ। पार्टीको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो।

पार्टीका अनुसार कार्यक्रम सञ्चालन, आर्थिक व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय तथा प्रतिवेदन मस्यौदा तयार गर्ने लगायतका उपसमिति बनाइएको छ।

त्यस्तै प्रचारप्रसार, सुरक्षा, सूचना प्रविधि, आवास व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात, स्थानीय समन्वय, अभिलेखीकरण र अनुशासनसम्बन्धी छुट्टाछुट्टै उपसमितिहरू गठन गरिएको छ।

पार्टीले महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र सहभागितामूलक बनाउन प्रारम्भिक तयारी तीव्र बनाएको जनाएको छ। महाधिवेशनलाई संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।