नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गर्‍यो

२ दिन अगाडि
नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गरेको छ।

पार्टीको सदस्यता व्यवस्थापन समितिको बैठकले नयाँ सदस्यता वितरण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। पार्टीका अनुसार संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित आवेदन दिन सकिनेछ।

कांग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ। पार्टीले आगामी महाधिवेशनको तयारीलाई ध्यानमा राख्दै सदस्यता विस्तार अभियानलाई तीव्र बनाएको छ।