धवल शम्शेर राणा नयाँ पार्टी बनाउने तयारीमा, राप्रपासँग दूरी बढ्यो

एक दिन अगाडि
धवल शम्शेर राणा नयाँ पार्टी बनाउने तयारीमा, राप्रपासँग दूरी बढ्यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पार्टी परित्याग गरेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा जुटेका छन्।

लामो समयदेखि अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका राणाले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। उनी निकट नेताहरूका अनुसार राप्रपाभित्रको विवाद, नेतृत्वसँगको मतभेद र महाधिवेशनबारेको असन्तुष्टिका कारण नयाँ राजनीतिक अभियान अघि बढाइएको हो।

राणाले विभिन्न राजावादी तथा राष्ट्रवादी समूहसँग छलफल गरिरहेका छन्। अध्यक्ष लिङ्देनले भने राणालाई निर्णय पुनर्विचार गरी पार्टीमै फर्कन सार्वजनिक अपिल गरेका छन्।