सीमा विवादको बहानामा राष्ट्रिय सभा फेरि अवरुद्ध, बजेटमाथिको छलफल प्रभावित

एक दिन अगाडि
सीमा विवादको बहानामा राष्ट्रिय सभा फेरि अवरुद्ध, बजेटमाथिको छलफल प्रभावित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि राष्ट्रिय सभाको बैठक बुधबार पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि विरोध नरोकिने देखिएपछि बैठक जेठ २६ गते दिउँसो १ः१५ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आन्दोलित छन्। सोही विषयमा राष्ट्रिय सभाका लगातार तीन बैठक प्रभावित भएका छन्।