भुटानलाई ५१ रनले हराउँदै सेमिफाइनल नजिक
काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
मलेसियामा बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय १३ रन बनाएको थियो।
जवाफमा १ सय १४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो।
यसअघि नेपालले कतारलाई आठ विकेटले हराएको थियो। लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ।