कर सूचना चुहावटको आशंकामा अनुसन्धान तीव्र
मुस्ताङ । नेपाल–चीन सीमा नाका कोरला हुँदै नेपाल भित्रिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीदेखि मुस्ताङसम्मको सडक खण्डमा गरिएको विशेष जाँचका क्रममा ती सवारी नियन्त्रणमा लिइएको हो। सरकारी अधिकारीहरूका अनुसार बजेटअघि ईभीमा लाग्ने करसम्बन्धी सूचना चुहावट भएको आशंकामा विस्तृत अनुसन्धान सुरु गरिएको छ।
भन्सार कर्मचारी, एजेन्ट र व्यवसायीबीचको मिलेमतोमा करदर परिवर्तन हुनुअघि नै ठूलो संख्यामा गाडी भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ। नियन्त्रणमा लिइएका सवारीसाधन सम्बन्धित भन्सार कार्यालयलाई बुझाइने तयारी छ।