तोकिएको समय सकियो, अब बल प्रयोगसम्मको तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराउन कडा कदम चाल्ने तयारी गरेको छ।
त्रिविले गत वैशाख ४ गते १७ वटा संघसंस्थालाई विश्वविद्यालयको जग्गा खाली गर्न निर्देशन दिएको थियो। तर निर्धारित समय बितिसक्दा पनि अधिकांश संस्थाले जग्गा फिर्ता नगरेपछि कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय भएको हो।
उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यका अनुसार आवश्यक परे बल प्रयोग गरेर पनि जग्गा खाली गराइनेछ। शिक्षामन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलले पनि प्रक्रिया अगाडि बढाउन सहमति जनाएका छन्।
विश्वविद्यालयले शैक्षिक र सरकारी प्रयोजनका संरचना यथावत् राख्ने तर व्यापारिक तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका संरचना हटाउने जनाएको छ।