सुन र चाँदीको मूल्य सामान्य घट्यो

७ घण्टा अगाडि
सुन र चाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य सामान्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घट्दै पाँच हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य समायोजनको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।