नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५.४३ अर्ब रुपैयाँ ऋण सहायता

एक दिन अगाडि
नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५.४३ अर्ब रुपैयाँ ऋण सहायता

काठमाडौँ । जापान सरकारले नागढुंगा सुरुङमार्ग परियोजनाका लागि नेपाललाई थप ५.७ अर्ब येन ऋण सहायता उपलब्ध गराउने भएको छ।

नेपालका लागि जापानी राजदूत र अर्थसचिवबीच सम्झौतापत्र आदानप्रदान भएसँगै सहायता औपचारिक बनेको हो। नेपाली मुद्रामा यो रकम करिब ५ अर्ब ४३ करोड रुपैयाँ बराबर हुन्छ।

यसअघि पनि जापानले उक्त परियोजनाका लागि ठूलो परिमाणमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइसकेको छ। थप सहायतासँगै परियोजनाको वित्तीय व्यवस्थापन अझ सुदृढ हुने अपेक्षा गरिएको छ।